अब स्वास्थ्यको पनि विदेश भ्रमण सिफारिस प्रशासन महाशाखाबाट

2.3k
Shares

काठमाडौँ, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका – २०७५ लाई कार्यान्वनयमा ल्याउने भएको छ । सो निर्देशिका कार्यान्वयनमा ल्याउन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गरेका छन् ।

यो निर्णयसंगै स्वास्थ्य मन्त्रालयको बैदेशिक भ्रमणको सिफासिर तथा मनोनयन गर्ने महाशाखाको जिम्मेवारी प्रशासन महाशाखामा पुगेको छ । यसअघि स्वास्थ्यको समन्वय महाशाखाले बैदेशिक भ्रमणको सिफारिस तथा मनोनयन गर्ने गर्दथ्यो ।

‘सरकारले विदेश भ्रमणलाई व्यवस्थित पारदर्शी बनाउन भन्दै गत बर्ष बनाएको बैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका अन्य सबै मन्त्रालयमा लागू भएपनि स्वास्थ्यमा लागू हुन सकेको थिएन । अब आजबाट यहाँ पनि सो निर्देशिका लागू भयो । अब निर्देशिका अनुसार नै विदेशमा जाने व्यक्तिको छनौट हुन्छ’, स्वास्थ्य सचिव रामप्रसाद थपलियाले भने ।

निर्देशिका अनुसार विदेश भ्रमणमा जाने राजपत्रांकित द्धितिय श्रेणी वा सो सरहसम्मका सरकारी पदाधिकारीको छनौट गर्न प्रशासन महाशाखा प्रमुख संयोजक रहेको सिफारिस समिति हुन्छ । जहाँ अन्य महाशाखा प्रमुखहरु सदस्य र प्रशासन शाखा प्रमुख सदस्य सचिव हुने प्रावधान छ । राजपत्रांकित प्रथम श्रेणी वा सो सरह वा सो भन्दा माथिको पदाधिकारीको हकमा भने विदेश भ्रमणको सिफारिस सचिवले गर्दछ ।

निर्देशिकामा समानुपातिक अवसरहरु सबै क्षेत्र र तहका कर्मचारीले पाउने उल्लेख छ । स्वास्थ्यमा अहिलेसम्म यो निर्देशिका लागू भएको थिएन । ‘आज उपप्रधानमन्त्री ज्यूले निर्णय गर्नुभयो । हामीले प्रधानमन्त्री कार्यालयमा समेत यसको जानकारी पठाइसकेका छौँ,’ सचिव थपलियाले भने ।

निर्देशिकाका मुख्य वुँदा यस्ता छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “अब स्वास्थ्यको पनि विदेश भ्रमण सिफारिस प्रशासन महाशाखाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *