महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको प्रयोगकर्ता : होटल तथा लजमा ५४ % , स्वास्थ्य क्षेत्रमा ५ %

288
Shares
नारायण ढुङ्गाना
काठमाडौँ, २१ बैशाख । काठमाडौँ महानगरपालिकाका होटल तथा लजमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ ।  सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले ल्याए पनि कार्यान्वयन हुन नसक्दा यसको प्रयोग पछिल्ला समयमा बढ्दो छ ।
काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाले यहाँका विभिन्न क्षेत्रमा गरेको अध्ययनमा होटल र लजमा ५४ प्रतिशत सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको पाइएको हो ।
महाशाखाका प्रमुख नरेन्द्र बज्राचार्यले विगतमा यसको प्रयोग नियन्त्रण गर्ने प्रयास पनि सफल हुन नसकेको भन्दै होटल लजमा धेरै प्रयोग भइरहेको बताए  ।
श्रेष्ठका अनुसार पहिलो नम्बरमा होटल र लजमा ५४ दशमलव ४ प्रतिशत र दोस्रोमा पसलमा २९ प्रतिशतले प्रयोग गर्ने गरेको छन् । सूतिृन्जय पदार्थको प्रयोग स्वास्थ्य क्षेत्रमा समेत पाँच प्रतिशतले प्रयोग गर्ने गरेका छन् ।
सरकारी कार्यालयमा दुई दशमलव पाँच प्रतिशत, नीति कार्यालयमा सात, धार्मिक क्षेत्रमा दुई, बैंकमा चार दशमलव सात र बसपार्क तथा ट्राभल एजेन्सीमा दुई दशमलव दुई प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको अध्ययनमा पाइएको छ ।
सबैभन्दा बढी भने १५ देखि ४० वर्ष उमेर समूहकाले प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
पढाइको हिसाबले मूल्याङ्कन गर्दा आठदेखि १२ कक्षामा अध्ययन गर्नेले सबैभन्दा बढी ३९ दशमलव २ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको छ ।
स्नातक तहका १४ प्रतिशत र साक्षर समूहका १३ दशमलव सात प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको हो । सुर्तीजन्य पदार्थ प्रयोग गर्नेमा महिला २९ र पुरुष ७१ प्रतिशत रहेका छन् ।
सरकारले यसको नियमन र नियन्त्रणका लागि २०६८ मा ऐन र नियमावली ल्याएको थियो भने २०७१ सालमा नियमन निर्देशिका र सोही साल प्याकेजिङ छपाई तथा दृश्यमा सावधानी निर्देशिका ल्याएको थियो । छपाई प्याकेजिङमा ऐन लागू भएको देखिए पनि प्रयोगमा भने रोकिएको छैन ।
विगतका वर्षमा सार्वजनिक ठाउँमा धूमपान गर्नेलाई जरिवाना लगाएर शुरु गरिएको अभियानसमेत त्यसै हराएर गएकाले अहिले जुनसुकै स्थानमा पनि प्रयोग हुने गरेको भन्दै काठमाडौँको स्वयम्भूस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष अमित पाण्डेले नियमित कार्यक्रमको कमी भएको बताए  ।
मृत्युको सबैभन्दा ठूलो कारकनै सुर्तीजन्य पदार्यको प्रयोग भएको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अब यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास जरुरी रहेको बताए ।
नेपाल प्रहरीले काठमाडौँको ठूला सरकारी अस्पताल र १०० मिटर आसपासमा भने प्रयोग र बेचविखन नियत्रण गर्न लागेको छ । यही वैशाख २९ गतेबाटै अभियान थालिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो ।
ऐनमा धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सुर्तीसेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा रु १००  जरिवाना वा दुवै सजायको व्यवस्था छ । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको प्रयोगकर्ता : होटल तथा लजमा ५४ % , स्वास्थ्य क्षेत्रमा ५ %

  1. Valuable information. Lucky me I found your site by accident, and I’m shocked why this accident did not happened earlier! I bookmarked it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *