फिजिसियनहरुको राष्ट्रिय सम्मेलन चितवनमा सुरु

656
Shares

confreceचितवन – ‘मिर्गौला जोगाउँ जीवन बचाउँ’ भन्ने नाराका साथ नेपालका फिजिसियन चिकित्सकहरुको दोस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ । ‘नेशनल कन्फ्रेन्स अफ सोसाइटी अफ् इन्टरनल मेडिसिन अफ नेपाल’ नाम दिइएको उक्त सम्मेलन यसपटक मिर्गौला रोगको विषयमा केन्द्रित रहेको छ ।

विश्व मिर्गौला दिवस परेकाले यसपटक सम्मेलन मिर्गौलारोगको रोकथाम र उपचारमा केन्द्रीत हुने सम्मेलनका सहभागी एवं बरिष्ठ फिजिसियन डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

सम्मेलनमा भाग लिन देशभरका २५० बढी फिजिसियन चितवन आइसकेका छन् । त्यस्तै भारत र अमेरिकाबाट समेत केही फिजिसियन चिकित्सकहरु चितवन आइपुगेको आयोजकले जनाएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । डा. बस्नेतका अनुसार अधिकांश कार्यपत्र मिर्गौलाको अवस्था यसको रोकथाम र उपचारमा केन्द्रीत रहनेछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *