मुलपानीमा ४९ जनाले गरे रक्तदान
काठमाडौँ, १५ बैशाख । मुलपानी कागेश्वरी नगरपालिका स्थित देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा कर्माचार्यले रक्त संकलन थैली प्रदान गरि कार्यक्रमको शुभारम्भ गर्नु गरेका थिए । सो अवसरमा सहकारीका अध्यक्ष प्रमोद खनालले कर्माचार्यलाई खादा ओडाएर सम्मान प्रदान गरेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

