लुम्बिनी मेडिकल कलेजमा शुरु भयो हेमोडाइलाइसिस सेवा

360
Shares

पाल्पा, १ चैत । प्रभासस्थित लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा हेमोडाइलाइसिस सेवा प्रारम्भ भएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीबार देखि हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको हो।

लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा मिर्गौला डाइलाइसिस सेवा संचालन गरिएको कलेज संचालक समितिका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए।

उनले विभिन्न अस्पतालमा नियमित रूपमा डाइलाइसिस सेवा लिइरहेका नियमित बिरामीहरूले आवश्यक प्रक्रिया पुरा गरी आएमा उनीहरूको निःशुल्क डाइलाइसिस गरिने जानकारी दिए ।

एक करोडको लागतमा संचालन गरिएको हेमोडाइलाइसिस सेवाको लागि अष्ट्रेलियन राजदूतावासबाट तीनवटा मेशिन उपलब्ध भएको अध्यक्ष पोखरेलले बताए।

उनले भने ‘पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वतलगायत जिल्लाका नागरिक यो सेवाबाट लाभान्वीत हुनेछन्।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *