‘अधिकृतस्तर देखि माथिका नर्सको परिचालन संघीय सरकारले गरोस्’

756
Shares

काठमाडौँ, ७ फागुन । अधिकृत स्तरदेखि माथिका नर्सको परिचालन संघीय सरकारबाटै गर्न गराउन नेपाल नर्सिङ संघले माग गरेको छ । समायोजन प्रक्रियाको अन्तिम चरणमा पुगेको भनिएका बेला नर्सिङ संघले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।

यस्तै माग गर्दै सरकारी चिकित्सक संघ नेपाल गोदानको पनि रहेको छ । गोदानले दवावका लागि सप्ताहव्यापी दवाव मुलक आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलद्धारा सोमबार जारी विज्ञप्तीमा स्वास्थ्य सेवाका कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा बृत्ति विकास तथा सम्भावित अवसरहरुमा एकरुपता नहुने, उच्च अध्ययन, तालिम तथा क्षमता अभिबृद्धिमा समानता नहुने, सरुवा बढुवाको अवसर साघुरो भई कर्मचारीको सेवा प्रवाहमा हुने मनोवलमा ह्रास आउने उल्लेख छ ।

विज्ञप्तीमा अधिकृतस्तरबाट माथिका नर्सहरुलाई संघबाट खटाउने परिपाटी भए सबैले समान अवसर पाउने उल्लेख छ ।

संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले अरु समूहको लिष्ट धमाधम प्रकाशित गर्न थालेको छ ।यता स्वास्थ्यका विभिन्न संगठनहरुले भने समायोजनको विद्यमान प्रक्रियालाई संसोधन गरेर मात्रै निर्णय लिन दवावमुलक कार्यक्रम गर्दै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *