पूर्व प्रधानन्यायधीश कार्कीको हातबाट जुस पिउदैँ डा. केसीले अनशन तोडे

632
Shares

काठमाडौँ, १८ माघ । डा गोविन्द केसीले अनशन तोडेका छन् । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको हातबाट जुस पिउदै २४ दिन लामो अनशन तोडेका हुन् ।

डा केसीपक्ष संग बार्ता गर्न सरकारले चासो नदिएपछि नागरिक अगुवाहरु अनशन तोडाउन सक्रिय भएका थिए । उनीहरुकै आग्रहमा डा केसीले अनशन तोडेका हुन् ।

अनशन तोडने क्रममा उनले सरकार संचालकलाई बाँदरको संज्ञा दिदै बादरले आफ्नो घर पनि नबनाउने र अरुको घर पनि बन्न नदिने कटाक्ष गरे । उनले संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयक जनता मारा र विद्यार्थीमारा भएको भन्दै यसलाई कुनै हालतमा स्वीकार नगर्ने बताए ।

उनले राष्टपति विद्यादेवी भण्डारीलाई विधेयकबारेमा बिचार गर्न अनुरोध समेत गरेका छन् ।

यसअघि आज दिउसो पूर्व राष्टपति डा रामबरण यादव, माथेमा कार्यदलका अधिकारीकाहरु तथा नागरिक समाजका अगुवाहरुले डा केसी समक्ष अनशन तोडन आग्रह गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *