सरकारको निर्णय सच्याउन सरकारसँग माग

100
Shares


काठमाडौँ, ३ माघ । जिपी कोइराला फाउण्डेशनले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले विघटनको तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय सरकारमार्फत नराखेर विघटन गर्ने तयारी गरेको भन्दै उक्त फाउण्डेशनले निर्णय सच्याउन माग गरेको हो ।

फाउण्डेशनको सातै प्रदेशका संयोजकहरु क्रमशः इन्दिरा थापा, डा शुभाषचन्द्र यादव, रीता खनाल, शारदा पौडेल, डा गोविन्द पोखरेल, रीता शाही र चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा बन्दै गरेका दुईवटै अस्पताललाई विघटन गर्ने निर्णय राजनीतिक संस्कारको न्यूनतम मूल्य तथा मान्यताविपरीत भएकाले सच्याउन भनिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *