मनवानपुरकी गंगामाया बनिन् १२ वर्षमै आमा

काठमाडौँ, १८ पुस । मकवानपुर राक्सिराङकी गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बनेकी छिन्। उनले आज थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा छोरी जन्माएकी छन् ।
दिउसो १२ : ५७ बजे शल्यक्रियामार्फत् उनले छोरी जन्माएकी हुन् । आमा र छोरी दुवै स्वस्थ रहेको र नवजात शिशुको तौल २।९ केजी रहेको अस्पतालले जनाएको छ।
१२ बर्षकै उमेरमा गर्भवती बनेको समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्यबारे चासो व्यक्त गरेका थिए । उनकै निर्देशनमा एक महिना अघि गंगामायालाई मकवानपुरबाट काठमाडौँ ल्याइएको थियो ।
पछिल्लो करीब डेढ महिना देखि उनी प्रसूति गृह अस्पतालका चिकित्सकको निगरानीमा थिइन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



