स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त

900
Shares

काठमाडौँ, २० मंसिर । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेश कुमार पोखरेललाई नियुक्ति गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई निर्देशक नियुक्ति गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशकको कार्यकाल चार बर्षको रहने छ ।

यसअघि गत ७ कात्तिकमा निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेल सहित दामोदर बसौला पोखरा र श्रीमान कार्की तेह्रथुमको नाम सिफारिस गरेको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नका लागि दरखास्त आवहान गरी प्रस्तुति र अन्तरवार्ताका माध्यमबाट छनौट गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *