सोसाइटी अफ पब्लिक हेल्थ फिजिसियन नेपालमा नयाँ कार्यसमिति

1.2k
Shares

काठमाडौँ, २९ असोज । सोसाइटी अफ पब्लिक हेल्थ फिजिसियन नेपाल (सोफिन) मा नयाँ कार्यसमिति गठन भएको छ । सोफिनको आइतबार भएको पाँचौँ साधारण सभाले डा. भीम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

साधारण सभाले उपाध्यक्षमा डा. नरेशप्रताप केसी, महासचिवमा डा. अमित भण्डारी, सहसचिवमा डा. नस्तु शर्मा र कोषाध्यक्षमा डा. आशिष केसीलाई चयन गरेको छ।

नयाँ कार्य समितिको सदस्यहरुमा डा. अर्चना अमात्य, डा. भीमसिंह तिंकरी, डा. विकास लामिछाने, डा. मदनकुमार उपाध्याय र डा. सुनिल कुमर जोशी रहेका छन् । यस्तै सोफिनको विधानले निवर्तमान अध्यक्ष सदस्य हुने व्यवस्था अनुरुप डा. यशोवर्धन प्रधान समेत सदस्यमा चयन भएका छन् ।

नयाँ कार्य समितिको पदावधी तीन बर्ष रहने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *