एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु

0
Shares

काठमाडौँ, ८ असोज । गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ । एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको गयराति ११:४० मा मृत्यु भएको हो ।

गत २६ भदौमा घरमै सुतिरहेको बेला दास दिदी बहिनी सम्झना र सुस्मितामाथि एसिड आक्रमण भएको थियो । बहिनी सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।

एसिड प्रहार गरेको आरोपमा छिमेकी रामबाबु पासवान पक्राउ परेका छन् । उनै पासवान एसिड् आक्रमण पछि घाइते भएका दास दिदी बहिनीको कुरुवा बनेर कीर्तिपुर सम्म आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *