आइओएमद्धारा १० वटा कलेजका लागि एमबीबीएस र बीडीएस सिट सिफारिस (सूची सहित)

1.9k
Shares

काठमाडौँ, ४ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आफू अन्तरगर्तका १० वटा मेडिकल तथा डेन्टल कलेजका लागि यस शैक्षिक सत्रमा अध्ययन गराउनका लागि नयाँ सिट संख्या सिफारिस गरेको छ ।

गत २८ भदौमा बसेको विद्यापरिषदको बैठकले नयाँ सिटसंख्या निर्धारण गरेको हो । यद्धपी अहिलेसम्म आइओएमले औपचारिक रुपमा सार्वजनिक गरेको छैन् ।

सिफारिस सिटलाई नेपाल मेडिकल काउन्सिलको शुक्रबार ( भोलि ) बस्ने बैठकले अन्तिम टुंगो लगाउने छ ।

यसपटक जानकी मेडिकल कलेज र केडिया डेन्टल कलेजको सिट निर्धारण नभई विचाराधिन अवस्थामा राखिएको छ भने पहिलो पटक महाराजगञ्ज मेडिकल कलेजले डेन्टलमा २५ सिट पाएको छ ।

आइओएमको सिफारिसमा चितवन मेडिकल कलेजको एमबीबीएसमा सिट थपिएको छ तर विडिएसमा घटेको छ । किष्ट र युनिभर्सल मेडिकल कलेजको बीडीएसमा सिट घटेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *