बच्चामा देखिने मोटोपना कसरी घटाउने ?

बीबीसी । तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।

ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ। उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ।

बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन।

त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ।

के मा ध्यान दिने ?
अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलोपटक बच्चा जन्माएका दुई सय ७९ आमाहरूलाई घरमै बच्चा जन्मिएको भए छ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाहरूको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए।

नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुवाको भन्दा आमाको बढी भूमिका हुन्छ।

त्यसरी दिइएको सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपया, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए।

ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाइ र तौलको अनुपात कम देखियो।

यस्तो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो।  अनुसन्धानकर्ताहरूले नौ वर्षको उमेरसम्म उनीहरूमाथिको अनुगमन गरिराख्छन्।

बानी बसाल्न आवश्यक
यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कँदो उमेरका साना बालबालिकाहरूको मोटोपनाको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्त्वपूर्ण हुन्छ।

ूसानै उमेरमा मोटोपना भएका बालबालिकाहरूमा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ।ू

तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ। ‘हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ।’

ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालको समस्याहरू देखाउँछ।

प्राथमिक विद्यालय सुरु गर्नु अगावै त्यहाँ झन्डै एकचौथाइ बालबालिकाहरूमा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो सङ्ख्या झन्डै एकतिहाइ पुगिसकेको हुन्छ।

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्‍याउने बताएकी छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *