स्वयंसेवी रक्तदाता समाज न्यूरोडमा न्यौपाने

0
Shares

swamsebi raktadataनेपाली हेल्थ / काठमाडौँ – रगत अभावलाई सहजरुपमा व्यवस्थापन गर्न फसिकेब तथा न्यूरोडका स्थानीय तथा व्यापारीहरु संगठित भएका छन् । उनीहरुले मंगलबार एक भेला गरी रक्तदाता केदारप्रसाद न्यौपानेको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज फसिकेब न्यूरोड समिति गठन गरेका छन् ।

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा बसेको भेलाले समाजको उपाध्यक्ष घनश्याम अधिकारी, सचिव भूपाल पौडेल, कोषाध्यक्ष भरत खरेललाई चुनेको छ । त्यस्तै सदस्यहरुमा क्रमशः दामोदर भट्टराई, बैकुण्ठ दाहाल, प्रकाश प्रधान, जीवन सापकोटा, नारायण न्यौपाने, नेत्र लामिछाने र पीत्ताम्बर नेपाल रहेका छन् ।

उक्त भेलाले राष्ट्रिय व्यापार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्री, तेक प्रसाद डुम्रे, पदम प्रसाद पौडेल, तुल्सीराम न्यौपाने, कृष्ण पराजुली र दिनेश श्रेष्ठ समेतको एक सल्लाहकार समिति गठन गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *