प्रत्येक वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर
हानोई, १४ असार । भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
भियतनाम लिभर एण्ड बाइल एसोसिएसनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको अधिकारीहरूले बताएका छन् ।
प्रतिवेदनका अनुसार क्यान्सर रोग वृद्धि हुनुमा रोग पत्ता नलाग्नु र उपचारमा ढिलाई हुनु प्रमुख कारणको रूपमा रहेको छ ।
भियतनाममा भारी मात्रामा मादक पदार्थ सेवन गर्नु नै कलेजो र सिरोसिसको क्यान्सरको प्रमुख कारण भएको विज्ञहरूको भनाई रहेको छ ।
भियतनामको हालको जनसङ्ख्या नौ करोड ५० लाख रहेको र त्यसमा १० प्रतिशतले मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ । रासस/सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




