जीका भाइरस सन्त्रास : गर्भपतन खुल्ला गर्न महिलाको माग, स्वास्थ्य मन्त्री भन्छन ‘दुई बर्ष गर्भवती नहुनुस्’

0
Shares

jika virus

एजेन्सी एल. सलाभाडोरका महिला अधिकारकर्मीले सरकारले गर्भपतन गराउन लगाएको बन्देज हटाउन माग गरेका छन् । जीका भाइरसको संक्रमणले गर्भवती महिला र गर्भको शिशुमा नराम्रो असर पार्ने भन्दै गर्भपतनको सम्वन्धमा लगाईएको बन्देज हटाउन माग गरेका हुन् ।

एलसालभाडोरमा सन् १९९८ देखी नै सबैखाले गर्भपतनलाई कानूनी रुपमा बन्देज गरिएको छ । चाहे त्यो बलत्कार, हाडनाता करणी बाट हरेको होस वा पेटमा हुर्कदै गरेको अस्वस्थ तथा विकृत भ्रुण वा गर्भकै कारण आमाकै ज्यान जाने अवस्थाको भएपनि गर्भपतन गराउन पाइदैन ।

एम्नेष्टी इन्टरनेशनलका एस्ट्रिड भ्यालेन्सिया भन्छन् , ‘जिका भाइरसको अवस्थाले गर्भपतन फुकुवा गर्नुपर्ने अवस्था आइरहेको छ । यसमा सरकारी अधिकारीहरुसंग पनि छलफल भइरहेको छ ।’

यसअघि एल सालभाडोरका स्वास्थ्यमन्त्रीले आफ्ना देशका महिलाहरुलाई कम्तीमा दुई वर्ष गर्भवती नहुँन सुझाव दिएका छन् । त्यस्तै सन्देश कोलम्विया र जमैकामा समेत जारी गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *