चिकित्सकहरुको निधन प्रति एनएमए र एनडीएद्धारा दुख व्यक्त
काठमाडौँ, २९ फागुन । नेपाल चिकित्सक संघ (एनएमए)ले हिजो भएको विमान दुर्घटनामा बरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापा सहित अरु ११ जना चिकित्साशास्त्रका विद्यार्थीको निधन भएको भन्दै दुख व्यक्त गरेको छ ।
संघका महासचिव डा. लोचन कार्कीले आज जारी गरेको विज्ञप्तीमा दुख व्यक्त गरिएको हो ।
उता राष्ट्रिय चिकित्सक संघ (एनडीए) नेपालले विमान दुर्घटनामा डा. थापासहित निधन भएका चिकित्साशास्त्रका विद्यार्थीप्रति गहिरो दुख प्रकट गरेको जनाएको छ । एनडीएएनका महासचिव डा रमेश ढकालले विज्ञप्ती जारी गर्दै दुख प्रकट गरेका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



