बीर अस्पतालमा राखिएका डा. केसीलाई सर्बोच्च लगियो
काठमाडौँ, २६ पुस । स्वास्थ्य अवस्था विग्रिएपछि हिजो देखि बीर अस्पतालमा राखिएका डा .गोविन्द केसीलाई प्रहरीले सर्बोच्च अदालत पुरयाएको छ । आज देखि डा. केसी विरुद्ध परेको मुद्धाको बहस चल्नेछ ।
गत सोमबारदेखि प्रधानन्यायधीश गोपाल पराजुली विरुद्ध आमरण अनसन बसेका डा केसीलाई अदालतको अवहेलना मुद्धा परेको छ । अदालतले मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएपछि प्रहरीले सोमबार बेलुका ८ बजे नै डा केसीलाई नियन्त्रणमा लिएको थियो ।
हिजो दिउसो स्वास्थ्य विग्रिएपछि उनलाई अपरान्ह बीर अस्पतालमा पुरयाइएको थियो । डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



