अंग प्रत्यारोपणका लागि दायरा फराकिलो बनाइदै

20
Shares

नेपाली हेल्थ/ काठमाडौँ – सरकारले अंग प्रत्यारोपणका लागि नातेदारको सूची फराकिलो बनाउने तयारी गरेको छ । महिला बालबालका तथा जेष्ठ नागरिक समितिले मानव शरीरको अंग प्रत्यारोपण( नियमीत तथा निधेष) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा मानव प्रत्यारोपणलाई सरल र सहज बनाउन नाताको परिभाषाको दायरालाई फराकिलो तुल्याउन सहमति जनाएको हो ।

अहिलेको व्यवस्थाले अंगदान गर्न पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबुआमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी काका, काकी, भतिजा, भतिजी, सासू, ससुरा, जेठानी, देउरानी, नन्द, भाउजू र बुहारीलाई मात्रै समेटिएको छ ।

तर प्रस्तावित विधेयकमा नजिकका नातेदारको रूपमा रहने मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फूपु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले पनि अंग दान गर्न सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

त्यस्तै दायरा थप फराकिलो पार्न समितिका सदस्यहरुले संसोधन समेत पेश गरेका छन् । जसमा एकैपरिबारका व्यक्तिको रगत समूह नमिलेको खण्डमा तथा भिन्न दुई परिबारका व्यक्तीको अंगफेल भएको अवस्थामा एक आपसमा आदान प्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *