आयु बढाउने तरिका खोज्न डीएनएको अध्ययन गर्दै बैज्ञानिक

84
Shares

बीबीसी । बैज्ञानिकहरुले मानिसको आयु लामो बनाउन डीएनएको अध्ययन शुरु गरेका छन् । उनीहरुले आफ्नो अध्ययनबाट केही प्रारम्भिक नतिजा समेत प्राप्त गरेका छन् ।

प्राप्त गरेको नतिजा अनुसार औषत भन्दा बढी हुने एक किलो तौलले मासिनको आयु दुई महिना घटाउँछ । त्यस्तै हरेक दिन एक प्याकेट चुरोट सेवन गर्दा व्यक्तिको आयु सात बर्षले घट्छ ।

इडनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताको समूहले डीएनए भिन्नताको लेखाजोखा गर्दा यस्तो निचोडमा पुगेका हुन् । उनीहरुका अनुसार यस्तो खालको अध्ययनले लामो र स्वस्थ जीवन जीउनका लागि अरु थुप्रै बाटाहरु पैल्याउन मद्धत गर्छ ।

अनुसन्धानकर्ताहरुले सो अध्ययनमा ६ लाख बढी मानिसहरुको डीएनए प्रयोग गरिएको बताएका छन् ।

हालै नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित सो अध्ययनले केही मुख्य नतिजा दिएको छ । जस्तो कि :

  • रोग प्रतिरोधात्मक शक्तिसंग सम्बन्धित डीएनएमा भएको म्युटेसनले करीब सात महिना आयु बढाउँछ ।
  • म्युटेसनका कारण खराब कोलेस्टेरोलको मात्रा बृद्धिले आठ महिना आयु घटाउँछ ।
  • डिमेन्सिया ( बिर्सने मानसिक रोग) संग सम्बन्धित जीन एपीओइमा हुने म्युटेसनले सरदरमा एघार महिना आयु घटाउँछ ।
  • नियमित चुरोट सेवनकर्ताको आयु करीब पाँच महिना घट्छ ।

बीबीसीसंगको कुराकानीमा डा पीटर जोसी भन्छन्, हामी अझैपनि मानिसको आयु घटाउने अन्य जीनहरुको खोजीमा छौँ । यसले मानिसहरुको बुढेसकाल घटाउन र आयु बढाउने तरिकाको खोजीमा मद्धत मिल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *