गर्भ रहे देखि सुत्केरी भएको छ महिनासम्म नि:शुल्क पौष्टिक आहार

252
Shares

भारत, २३ असोज । गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थामा सुधार ल्याउन कर्नाटक राज्य सरकारले नि:शुल्क पौष्टिक आहार वितरण योजना शुरु गरेको छ ।

‘मथरु पूर्णा’ नामक यो योजनामा गर्भवती अवस्था देखि सुत्केरी भएको छ महिनासम्मका महिलाले निशुल्क आहार पाउनेछन् । राज्यका अधिकारीहरुले यो योजनाबाट गर्भवती तथा सुत्केरी गरी १२ लाख बढी महिलाहरु लाभान्वित हुने दाबी गरेका छन् ।

गत सोमबार बेङलोरमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री सिद्धारमैयाले मथरु पूर्णा योजना शुरु गरेका छन् । उनले यो योजनाले आफ्नो राज्यका गर्भवती तथा सुत्केरी आमा र नवाजात शिशुहरु लाभान्वीत हुने बताए ।

उनले अघि सारेको यो योजनामा गर्भवती तथा सुत्केरी महिलाले महिनामा २५ दिनसम्म निशुल्क पौष्टिक आहारको प्याकेज पाउनेछन् । जस अन्तरगत हरेक दिन २०० मिलिलिटर दुध, हरियो सागसब्जी, उसिनेको अण्डा, दाल भात साम्बर, तथा टुसा उम्रेको गेडागुटीहरु पाउनेछन् ।

उनीहरुलाई सो सुविधा लिन स्थानीय तहमा खोलिएका आगनवाडी केन्द्रमा जानुपर्नेछ । त्यहाँ गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य जाँच समेत हुने बताइएको छ ।

राज्य सरकारले नि:शुल्क पौष्टिक कार्यक्रमका लागि ३०२ करोड भारतीय रुपैयाँ छुट्याएको जनाएको छ ।

  • एजेन्सी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *