क्षयरोग र जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान

भक्तपुर, १२ चैत । हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरे गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माले बताए ।

माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले समयमै उपचार गरे सहज ढङ्गबाट निको हुने क्षयरोगलाई मानिसकै लापर्बाहीका कारण उपचार गर्न कठिन हुने जीवाणु विकसित हुँदै गएको बताए । उनका अनुसार नेपालबाटै क्षयरोग र यसको जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान सञ्चालन भइरहेको जानकारी पनि दिए। रसुवा– उपकरणको अभावले सहज रुपमा क्षयरोगका बिरामी पत्ता लगाउन समस्या परेको छ ।

निमित्त जिल्ला स्वास्थ्य प्रमुख इसा दाहालले स्थानीय अस्पतालमा खकार परीक्षण भए पनि रगतको परीक्षण गर्ने विशेष उपकरण नहुँदा रोगको अन्तिम निर्णण गरी क्षयरोगका बिरामीलाई छिटोभन्दा छिटो औषधि खुवाउन समस्या परेको बताए।

जिल्लामा तीन महिलासमेत १२ क्षयरोगीले औषधि सेवन गरिरहेको बताइएको छ । दुई हप्तासम्म लगातार खोकी र ज्वरो आउने, खानाको रुचिमा कमी, तौल घट्दै जाने जस्ता लक्षण क्षयरोगको हुने भएकाले यस्ता सङ्केत देखा परेमा नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा तुरुन्तै सम्पर्क राख्न सबै रसुवावासीलाई आग्रह गरिएको छ ।

क्षयरोगीको पहिचान गर्न यस वर्ष सीमावर्ती क्षेत्र टिमुरेमा खकार परीक्षण गरिने योजना रहेको क्षयरोग निवारण अधिकृत विष्णुप्रसाद जैसीले बताए ।

बागलुङ– जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा शुक्रबार आयोजित शिविरमा ७७ जना कैदीबन्दीको खकार जाँच गरिएको छ । तीमध्ये ७२ जनाको रगतमा मधुमेहसमेत जाँच गरिएको कार्यालयका क्षयकुष्ठ ‘सुपरभाइजर’ देवप्रकाश घिमिरेले जानकारी दिए ।

धौलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले समूहमा मानिस बस्ने ठाउँ क्षयरोगका लागि जोखिमयुक्त हुने हुँदा कारागारमा क्षयरोग परीक्षण शिविर राखिएको बताए ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *