बिरामीका लागि रगत अभाव, रक्तदानका लागि रेडक्रसद्धारा विशेष आव्हान

8
Shares

काठमाडौं, ११ कात्तिक । काठमाडौँमा यतिवेला बिरामीका लागि चाहिने रगत अभाव भएको छ । आफ्ना ब्लड बैंकहरूमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आव्हान गरेको छ ।

बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कम भएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकाले रक्तदानका लागि विशेष अनुरोध गरिएको रेडक्रसले उल्लेख गरेको छ ।

उसले संगसंगै बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवाको फोन नं ०१५३८८४८५, ०१५३८८४८६ वा नेपाल रेडक्रसको निशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने पनि बताएको छ ।

साथै आफ्नो मोबाइलको प्लेस्टोरमा गएर (एनआरसीएस बिटीएस)मा गएर पनि रक्तसञ्चारका बारेमा जानकारी लिनका लागि नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *