नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी पनि केन्द्रीय सदस्यका लागि उम्मेदवार
काठमाडौँ, २१ असोज । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली काँग्रेसको जारी १५ औँ महाधिवशेनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
उनले पेशागत विषयगत क्षेत्र खुल्ला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । यो क्षेत्रमा खुल्ला ५ र महिला २ सिट रहेको छ । तर खुल्लामा ४० जना र महिलाबाट ४ जनाको उम्मेदारी परेको छ ।
उम्मेदवारी दिएका डा केसी लामो समय सरकारी सेवामा काम गरेका सेवा निवृत्त चिकित्सक हुन् । उनी पेशागत साथै सामाजिक गतिविधिमा सक्रीय समेत छन् । पेशागत संगठनहरुको समूह पापड देखि नागरिक अभियानमा जोडिने गरेका डा केसी अहिले अधिवेशनमा स्वास्थ्यकर्मी परिचालन समूहको संयोजक समेत छन् ।
जारी अधिवेशनमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा र डा मुक्तिराम श्रेष्ठ समेत केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


