बिस प्रतिशतभन्दा बढी किशोरी उन्नाइस वर्ष नपुग्दै सुत्केरी

88
Shares

हुम्ला, ९ चैत । हुम्ला जिल्लामा २० प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको सङ्ख्यासमेत बढ्दै गएको छ ।

जिल्लाभर चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २० प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयका तथ्याङ्क सहायक दुर्गाबहादुर श्रेष्ठले बताए।

यो अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा ५५६ जना सुत्केरी भएकामध्ये ११२ जना किशोरी १९ वर्षमुनिका रहेका छन् ।

श्रेष्ठले चालु आवको पाँच महिना अझै बाँकी नै भएका कारण उक्त उमेर समूहमा सुत्केरी हुने किशोरीको सङ्ख्या अझै वृद्धि हुने जानकारी दिए ।

जबकि अघिल्लो आव २०८१/८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको सङ्ख्या १३७ जना थियो भने त्योभन्दा अघिल्लो आवमा १०७ जना थिए । २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ३७ जना रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *