नेपाल स्वयंसेवी रक्तदाता समाज डोल्पा जिल्ला शाखा गठन

4
Share


दुनै, ८ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा विस्तार गर्ने क्रमले निरन्तरता पाएको छ । दुनैमा शनिबार भएको जिल्ला भेलाले स्वास्थ्यकर्मी समेत रहेका सामाजिक अभियन्ता राजनकुमार डाँगीको अध्यक्षतामा समाजको डोल्पा जिल्ला शाखा गठन गरेको हो । यो संगै समाजको जिल्ला शाखाको संख्या ४५ पुगेको छ ।

जिल्ला समिति गठन गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्य दुनै आएका थिए । उनको प्रमुख आतिथ्यतामा भएको भेलाको अध्यक्षता जिल्ला अस्पतालका मेसु डा सिजन रावलले गरेका थिए । सोही भेलाले डाँगीको अध्यक्षमा एघार सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक, कोषाध्यक्षमा मिनराज बुढा(बिबश) रहेका छन् ।

सदस्यहरुमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा,आनन्द सिंह रावल,चन्द्रराज बुढा चयन भएका छन् । समिति गठन भएपछि बसेको बैठकले सदस्यद्वय राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई सदस्यमा मनोनित गरेको छ ।

समिति गठनका लागि आयोजित भेलालाई सम्वोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले समाज सेवाको पवित्र यात्रामा जोडिएको भन्दै पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । उक्त भेलामा जिल्ला प्रशासनका कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल, संग्राम सार्दुल गणका सेनानी डा. अजय प्रसाद पाण्डे, दीपक राज भट्ट र सुवास रानाको उपस्थिति थियो ।

यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाज डोल्पाको कार्यसमिति गठनको अवसरमा दुनै स्थित ध्रुबतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला विकलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्मचार्यले कक्षा १२ सम्म अध्ययनको लागि सम्पूर्ण व्यय व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *