सल्यान अस्पतालका चिकित्सक अचेत अवस्थामा फेला, थप उपचारका लागि काठमाडौँ लगिदै

424
Shares

सल्यान, १ चैत । जिल्ला अस्पताल सल्यानका चिकित्सक अचेत अवस्थामा भेटिएका छन् ।

आइतबार जिल्ला अस्पताल सल्यानमा कार्यरत एमडिजिपी चिकित्सक डा. बुद्धिनाथ साह अचेत अवस्थामा फेला परेका हुन् । महोत्तरीको रतैली नगरपालिका–७ घर भएका डा. साह आइतबार बिहानदेखि सम्पर्कविहीन रहेका थिए ।

उनको खोजीका क्रममा अस्पतालको निर्माणाधीन भवनमा अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए ।

गम्भीर अवस्थामा भेटिएका डा. साहलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *