नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७ प्रतिशत उत्तीर्ण, कुन विषयमा कति ?

40
Shares

काठमाडौँ, ९ फागुन । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन् ।

परिषद्ले गत ५ देखि ८ फागुनसम्म बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटीभ रिर्सच सेन्टरमा सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रबार अपरान्ह प्रकाशित गरेको छ ।

परिषद्का परीक्षा समिति सदस्य सचिव बसन्तकुमार श्रेष्ठका अनुसार विभिन्न ४४ विषयमा लिइएको परीक्षामा कुल ४ हजार ४४७० जना सहभागी थिए । ती मध्ये ३ हजार ९ जना ( ६७.३१ प्रतिशत) उत्तीर्ण भएका हुन् । उनले चार दिनमा १५ सिफ्टमा परीक्षा सम्पन्न भएको बताए ।

विभिन्न ४४ विषयमा लिइएको परीक्षामा एउटा विषयमा कम्तिमा १ जना देखि बढीमा २ हजार २६३ जनासम्म सहभागी थिए ।
सदस्य सचिव श्रेष्ठले यसपटकको परीक्षामा धेरै विद्यार्थीहरु भर्खरै उत्तीर्ण भई पहिलो पटक सहभागिता जनाएका कारण नतिजा राम्रो भएको बताए ।

‘विगतलाई हेरेर विश्लेषण गर्ने हो भने समग्रतामा ६७ प्रतिशत नतिजा आउनु राम्रो कुरा हो,’ श्रेष्ठले अगाडी थपे,  ‘फ्रेस विद्यार्थीहरुले सहभागिता भएको कारणले पनि नतिजा राम्रो आएको उनको हुनसक्छ ।’

परिषद्ले उत्तीर्ण विद्यार्थीका लागि प्रमाणपत्र वितरणको सूचना भने पछि सार्वजनिक हुने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *