औषधि खरिदमा अनियमितता गरेको आरोपमा लालप्रसाद ढकालसहित ४ जना विरुद्ध मुद्दा दायर

344
Shares

काठमाडौँ, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा हुम्ला ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल सहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले औषधि खरिदमा अनियमितता गरेको आरोपमा उनीहरु विरुद्ध बिशेष अदालत, काठमाडौँमा आज बुधबार मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फर्माका संचालक कृष्णकुमार भुजुवा रहेका छन् ।

उनीहरुले आपसी मिलेमतो तथा योजनामा खरिद नगरेको औषधि तथा अन्य उपकरणहरु समेत खरिद गरेको देखाई कार्यालयमा दाखिला गरेको, एउटै सामानको लागि फरक मितिमा माग फारम, खरिद आदेश तयार गरी फरक फर्माबाट खरिद गेको बिल बनाएको अख्तियारले जनाएको छ।

साथै औषधि तथा स्वास्थ्य उपकरण जस्ता सामान खरिद नै नगरी गैरकानुनी लाभ समेत लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु विरुद्ध भ्रष्टाचार निवार ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम १ लाख ९१ हजार ८५० रुपैयाँ बिगो माग दाबी गरिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *