तीन महिनामा देशभर ८३२ फार्मेसी थपिदा, ७०४ वटा रद्ध
१२ वटा स्वदेशी औषधी उद्योगले पायो डब्लुएचओ जीएमपी

काठमाडौँ, २० माघ । औषधी व्यवस्था विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ८३२ वटा नयाँ फार्मेसी दर्ता गर्दा ७०४ वटा फार्मेसी भने रद्ध गरेको छ ।
फार्मेसी रद्ध गर्नेमा सबैभन्दा बढी काठमाडौँका २३८ वटा, बिराटनगर शाखाले २१७ वटा बीरगञ्ज शाखाले ११९ वटा र नेपालगञ्ज शाखाबाट १३० वटा भएका छन् ।
यहि अवधीमा विभागले ७२ वटा नयाँ विदेशी औषधी दर्ता भएको जनाएको छ । विभागको औषधी मूल्यांकन तथा दर्ता महाशाखाले १६६ वटा उद्योगका लागि नयाँ उत्पादन अनुज्ञापत्र प्रदान गरेको जनाएको छ । यस्तै यस्तै उत्पादन अनुज्ञापत्र नबीकरण ९०३ वटा भएको उल्लेख गरेको छ ।
विभागको अनुगमन मूल्यांकन तथा कानून कार्यान्वयन महाशाखाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ६१० वटा औषधी पसल निरीक्षणको लक्ष्य राखे पनि ४२० वटा (६८.८५ प्रतिशत)मा पुग्न सफल भएको जनाएको छ ।
सो महाशाखाले उद्योग निरीक्षणको काम भने लक्ष्य भन्दा बढी गरेको छ । प्रथम त्रैमासिकमा २७ वटा उद्योग निरीक्षण गर्ने लक्ष्य थियो तर २९ वटा (१०७.४ प्रतिशत) उद्योग निरीक्षण भयो । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा १२ वटा स्वदेशी उद्योगलाई डब्लुएचओ जीएमपी प्रदान गरिएको जनाएको छ ।
औषधी उत्पादन कुशल अभ्यास प्रमाणीकरणको संख्या ७ वटा, फार्मेसी निलम्बन संख्या ७ वटा र मुद्धा दायर गरिएको संख्या १२ वटा रहेको समेत विवरणमा उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 