बालेनको सुदूर यात्रामा सहभागी पत्रकार सिटौलाको ग्राण्डीमा उपचार, कस्तो छ अवस्था ?

180
Shares

काठमाडौँ, १७ माघ । बालेन शाहसंग सुदूरपश्चिम यात्रामा सहभागी पत्रकार दिनेश सिटौलाको अवस्था गम्भीर रहेको छ । उनको टोखास्थित ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखी उपचार भईरहेको छ ।

उनको ‘ब्रेन ह्यामरेज’ भएको चिकित्सकलाई उदृत गर्दै अस्पताल स्रोतले जनाएको छ ।

‘ब्रेन ह्यामरेज भएको हो । भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । अहिलेको अहिले उहाँको अवस्था गम्भीर हो,’ अस्पताल स्रोतले भन्यो ।

हिजो विहान अछाम पुग्दा एक्कासी अचेत भएका सिटौलालाई नेपाली सेनाको हवाई उद्धार टोलीले रेस्क्यु गरी काठमाडौँ ल्याएको थियो ।

उनी अस्वस्थ भएपछि बालेन पनि सुदूर पश्चिम तथा कर्णालीको यात्रा छोट्याएर काठमाडौँ फर्किसकेका छन् । उनले आजै दिउसो ग्राण्डी अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।

चिकित्सकहरुले अहिले अवस्था गम्भीर तर स्थिर भन्दै बेलुकासम्म केही अपडेट हुन सक्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *