चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ३९ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १४ माघ । नेपाल मेडिकल काउन्सिललको आज सम्पन्न ७४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन् संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका हुन् ।
काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार यसपटक लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए । तर परीक्षाका बेला २४ जना अनुपस्थित थिए ।
यसपटक मेडिकल (एमबीबीएस तर्फ) कुल ७९३ जनाले फारम भरेकामा ७७५ जना सहभागी थिए त्यसमध्ये ३०० जना (३८.७१ प्रतिशत) मात्रै उत्तीर्ण भए ।
यस्तै डेन्टल तर्फ (बीडीएस)मा कुल १७४ जनाले फारम भरेकामा परीक्षाका बेला १६८ जना मात्रै सहभागी भए । ती मध्ये ७२ जना (४२.८६ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 