चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ३९ प्रतिशत उत्तीर्ण

156
Shares

काठमाडौँ, १४ माघ ।  नेपाल मेडिकल काउन्सिललको आज सम्पन्न  ७४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन् संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका हुन् ।

काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार यसपटक लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए । तर परीक्षाका बेला २४ जना अनुपस्थित थिए ।

यसपटक मेडिकल (एमबीबीएस तर्फ) कुल ७९३ जनाले फारम भरेकामा ७७५ जना सहभागी थिए त्यसमध्ये ३०० जना (३८.७१ प्रतिशत) मात्रै उत्तीर्ण भए ।

यस्तै डेन्टल तर्फ (बीडीएस)मा कुल १७४ जनाले फारम भरेकामा परीक्षाका बेला १६८ जना मात्रै सहभागी भए । ती मध्ये ७२ जना (४२.८६ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *