नेपाल चिकित्सक संघको निर्वाचन अन्तिम समयमा स्थगित

112
Shares

काठमाडौँ, २ माघ । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । नेपाल चिकित्सक संघको निर्वाचन समितिले सूचना जारी गर्दै पूर्व निर्धारित तालीका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको छ ।

समितिले निर्वाचन स्थगित गर्नु पर्नाको कारण पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई उल्लेख गरेको छ । समितिले यथाशिघ्र अर्को सूचना जारी गरी निर्वाचन सम्वन्धी कार्यक्रमको नयाँ तालीका सार्वजनिक गर्ने समेत बताएको छ ।

निर्वाचन नियमित भएको भए पहिलो चरणमा आज र भोली (२ र ३ माघ) उपत्यका बाहिर चुनाव हुनु पर्ने थियो । यस्तै उपत्यका भित्र १५, १६ र १७ माघमा निर्वाचन हुने तालीका थियो ।

निर्वाचन समितिले डा अरुण शाहीको उम्मेद्धारी खारेजी गरेपछि लफडा सुरु भएको हो ।

पछिल्लो पटक डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *