‘छैठौँ एपोन कप फुटसल-२०२६’ प्रतियोगिता आगामी २ माघ देखि

108
Shares

काठमाडौँ, २९ पुस । नेपाल औषधी उत्पादक संघ (एपोन) को आयोजनामा आगामी २ माघ देखि छैठौँ एपोन कप फुटसल २०२६ प्रतियोगिता हुने भएको छ । १० औँ फर्मा एक्स्पोको अवसरमा एपोन मार्केटिङ सर्कलले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा एपोनका अध्यक्ष विप्लव अधिकारीले ट्रफीको रिबेल समेत गरेका थिए ।

एपोनका मार्केटिङ टिमका संयोजक दिपेश प्रधानका अनुसार प्रतियोगितामा १६ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराईने छ ।

सो प्रतियोगितामा प्रतियोगितामा एशियन फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स, म्याग्नस फर्मा, नेशनल हेल्थकेयर, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन, एसआर ड्रग ल्याबोरेटरीज, फार्मोनिक्स लाइफ साइन्सेस, पानस फर्मास्युटिकल्सले सहभागिता जनाउँदैछ।

यस्तै, ओम्निका ल्याबोरेटरीज, देउराली–जनता फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, क्यूबीडी फर्मास्युटिकल्स, नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल), डिभाइन हेल्थकेयर र टाइम फर्मास्युटिकल्सले सहभागिता जनाउने एपोनले जानकारी दिएको छ । सहभागी टिमहरूलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ।

प्रतियोगिताले फर्मास्युटिकल क्षेत्रका व्यवसायी तथा कर्मचारीबीच आपसी सम्बन्ध, टिमवर्क र खेलकुद भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको एपोनले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *