त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सेवा रोक्ने

काठमाडौँ, २८ पुस । त्रिवि, शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ।
अस्पतालद्धारा जारी सूचनामा अस्पतालले बिरामीको उपचार गर्दाको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्ने निर्णय गरेको हो ।
स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख छ।
मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको अस्पतालले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
