चिकित्सक संघ निर्वाचन : कर्णालीका डा. गिरीको उम्मेद्धारी कायम राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

64
Shares

काठमाडौँ, २५ पुस । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचनमा उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा उम्मेद्धारी दिएका डा. सरोजकुमार गिरीको उम्मेद्धारी पनि कायम राख्न नेपाल चिकित्सक संघ तथा संघद्धारा गठित निर्वाचन समितिका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

डा. गिरीले आफ्नो उम्मेद्धारी कायम गरि पाउँ भन्दै बिहीबार (हिजो) उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सोही रिटमा आज प्रारम्भिक सुनुवाई गर्दैै न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले उम्मेद्धारी कायम गर्न अन्तरिम आदेश जारी गरेको हो । साथै अदालतले उम्मेद्धारी हटाउने निर्णयबिरुद्ध कारण देखाउ आदेश समेत जारी गरेको छ ।

डा. गिरी संघको आसन्न निर्वाचनमा टिम बद्रीको तर्फबाट उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक पदमा उम्मेद्धारी दिएका थिए । तर निर्वाचन समितिले उनको मनोनयन पत्र इमेलबाट आएको भन्दै समितिले अस्वीकार गरेको थियो।

डा गिरी आफूलाई अन्यायपूर्वक उम्मेदवारी दिनबाट रोकिएको भन्दै उच्च अदालत पाटन पुगेका थिए। उनले एनएमए निर्वाचन समिति र एनएमए बिरुद्ध मुद्दा दायर गरेका थिए।

यसअघि ‘टिम मंगल’का बागमती उपाध्यक्षका उम्मेदवार अरुण शाही र ‘टिम रिफर्म’का वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा अजय मिश्र लगायतका पक्षमा अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ । अझ अदालतले त मिति २०८२/०६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको समेत ठहर गरेको छ।

यो आदेशले अहिले निर्वाचन प्रक्रिया नै होल्ड समेत भएको छ । साथै निर्वाचन समितिको काम प्रति समेत शंका तथा प्रश्न उठेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *