डडेल्धुरा अस्पतालको सेवा सुचारु

44
Shares

काठमाडौँ, २५ पुस । अध्यक्ष करुणाकर ओझा माथि कालोमोसो दलिएपछि गत अवरुद्ध डडेल्धुरा अस्पतालको सेवा पुन सूचारु भएको छ ।

जिल्लाका सुरक्षा सम्वन्ध प्रतिनिधिहरुले कालोमोसो दल्ने व्यक्तिहरुलाई गिरफ्तार गरी कानूनी कार्वाही चलाउने प्रतिवद्धता जनाएपछि विहीबार देखि सेवा नियमित भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा सुधा देवकोटाले जिल्लास्थित सुरक्षा संयन्त्रले सुरक्षाको प्रतिवद्धता दिदै सेवा सुचारु गर्न भनेपछि विहीबार दिउसो दुई बजे देखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सेवालाई नियमित गरेको बताईन् ।

त्यसअघि दुर्व्यहार खेपेका अध्यक्ष करुणाकर ओझाले पनि आफूमाथि भएको आक्रमणको भत्र्सना गर्दै सेवालाई सूचारु राख्ने बताएका थिए ।

गत बुधबार दिउसो साढे १ बजे नेकपा बहुमत बताउने व्यक्तिहरुको सानो समूहले अध्यक्ष ओझालाई आफ्नै कार्यकक्षमा बोलाई कालोमोसो दलेका थिए । त्यसपछि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सुरक्षाको माग गर्दै अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *