नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दीपककुमार साह निर्वाचित, नयाँ कार्य समितिमा अरु को – को ?

काठमाडौं, १९ पुस । नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्ष पदमा दीपककुमार साह निर्वाचित भएका छन् । संघको १८ औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानबाट साह निर्वाचित भएका हुन् ।
मतदान प्रक्रियाबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा राजु कैती, सचिवमा अभिनास झा, कोषाध्यक्षमा अमित कुमार सिंह तथा सहसचिवमा जनक पौडेल निर्वाचित भएका छन्।
सदस्य पदमा स्नेहा साह, सुदर्शन खनाल, अरबिन्द यादव, रुपेश पौडेल, मनिष दहाल, जय सुन्दर सुनरैत, रोमान्स चौधरी र सुरेन्द्र प्रसाद साह विजयी भएका छन्।
महाधिवेशनमा सहभागी सदस्य तथा प्रतिनिधिहरूले संघको पेशागत सुदृढीकरण, शिक्षा तथा नीतिगत विकासका एजेन्डालाई अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्। नव–निर्वाचित नेतृत्वले आगामी कार्यकालमा दृष्टि स्वास्थ्य सेवा, पेशागत मान्यता, संरचनागत विकास तथा नीतिगत सुधारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



