लसुन खाँदा हुने ७ फाइदा

956
Shares

lasun

  • लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसको उपयोग गर्दा रक्तनलीका भित्ता सफा गर्छ, शरीरमा रगत जाम हुने समस्या हटाउँछ र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न पनि यसले सहयोग गर्छ ।
  • लसुनले पाचन प्रणालीलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ । यसले खाना पचाउनुका साथै रुचाउन पनि मद्दत गर्छ ।
  • पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न सघाउँछ ।
  • रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले लसुन नियमित उपभोग गर्दा फाइदा गर्छ ।
  • नियमित लसुन सेवनले शरीरमा बढ्ने खराब कोलेस्ट्रोल घटाउने र असल कोलेस्ट्रोल बढाउने काम गर्छ ।
  • बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नाले ग्यास्ट्रिकको समस्या कम हुँदै जान्छ ।
  • त्यसैगरी, भोक जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *