म्यानमार भूकम्पमा नेपाली सेना :

औषधी उपकरण लिएर १२ जना चिकित्सकसहित २२ जनाको टोली म्यानमार उड्यो

136
Shares

काठमाडौं, २० चैत। म्यानमारका भूकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित २२ जनाको टोली म्यानमार प्रस्थान गरेको हो।

निर्देशनालयका अनुसार म्यानमार गएको सेनाको टोलीसंग विभिन्न प्रकृतिका आवश्यक औषधि, इक्युपमेन्ट रहेको छ । टोलीमा सर्जन, अर्थोपेडिक्स, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न छन।

सो टोली एक सातासम्म म्यानमारमा रहने जंगी अड्डाले जनाएको छ। उनीहरु त्यहाँ रहँदा भूकम्प पीडितहरुको उद्धार तथा घाइते भएकाहरुको स्वास्थ्य उपचारमा संलग्न हुनेछन।

गत सोमबारको मन्त्रीपरिषद बैठकले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो।

गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पमा परेर झण्डै २२ सय भन्दा बढि ब्यक्तिहरुको ज्यान गएको छ भने हजारौं ब्यक्ति घाइते छन। घाइतेहरुको उपचार भौरहेको तथा भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेको बताइएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *