तीनकुने झड्पमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

120
Shares

काठमाडौँ, १५ चैत । राजावादीको प्रदर्शनपछि तिनकुने क्षेत्रमा भएको झड्पमा प्रहरीको गोली लागेको एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

गोली लागि गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको अस्पताल नपुग्दै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । डा आचार्यका अनुसार मृतक महर्जनको घाँटीमा गोली लागेको थियो ।

निर्देशक डा आचार्यले प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

आजको झड्पमा १५ जना सुरक्षाकर्मी, १६ जना प्रदर्शनकारी घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *