पाँचौं नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

६० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने
120
Shares

काठमाडौं, ७ चैत । पाँचौं नेपाल जापान न्युरोसर्जरी सम्मेलन आज मार्च २० देखि सुरु भएको छ। तीन दिनसम्म चल्ने यो सम्मेलन ‘फङ्सनल न्युरो सर्जरी वर्कशप’ हो।

नेपालमा सन् २००६ देखि डा वसन्त पन्त, डा रेसा श्रेष्ठ लगायतका न्युरो सर्जनको समूहले पार्किन्सन्स, शरीरको चालसम्बन्धी गडबडी, विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्यामा ‘फङ्सनल न्युरोसर्जरी’ को सुरुवात गरेका हुन् ।

कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य नेपालका वरिष्ठ न्युरोसर्जन डा पन्त र जापानका वरिष्ठ न्युरोसर्जन प्रोफेसर डा टाकोमी टाईराले राखेका थिए।

तीन दिने यस सम्मेलनमा जापान, बेल्जियम, चीन, भारत, इन्डोनेसिया, क्यानाडा, इरान तथा नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकहरूको उपस्थिति रहनेछ।

६० भन्दा बढी वैज्ञानिक कार्यपत्रहरू प्रस्तुतिका साथै ‘ह्यान्ड्स अन वर्कशप’ हुनेछ। अहिले नेपालमा न्युरोसर्जनको सङ्ख्या १२० पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *