केयूको उपकुलपति पदमा प्राडा अच्युत वाग्ले नियुक्त

24
Shares

काठमाडौँ, ५ चैत । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्राडा अच्युत वाग्लेलाई नियुक्त गरिएको छ । केयूका उपकुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति पदमा नियुक्त गरेका हुन्।

उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित तीन सदस्यीय समितिले सो पदका लागि तीन छुट्टाछुट्टै नाम सिफारिस गरेका थिए। तर ती नाम भने गोप्य राखिएको थियो।

सिफारिसमा परेका तीन जनामध्ये प्राडा वाग्ले उपकुलपतिमा नियुक्त भएका हुन्। वाग्ले यसअघि केयूको रजिष्ट्रार थिए।
केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य थिए।

समिति संयोजक तथा सदस्यबीच मतभेद हुँदा नाम सिफारिस गर्ने कार्य समेत लम्बिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *