स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्

0
Shares

काठमाडौँ, १ कात्तिक –  स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् ।

मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा सो बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो ।

मन्त्रालयको उच्च स्रोतका अनुसार विदेशी औषधि उत्पादन कम्पनीले मात्र बोलपत्र हालेका छन् । कुन कुन कम्पनीले बोलपत्र हाले भन्ने जानकारी मन्त्रालयले सार्वजनिक गरेको छैन ।

स्वदेशी औषधि कम्पनीले लागत मूल्यभन्दा कम मूल्य मात्र पाइने भएकाले बोलपत्र नहालेको बताइएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सो कुराको पुष्टि गर्दै भने – “मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता गराएनन् ।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *