काठमाडौँ उपत्यका सहित देशका आठ स्थानको वायु सबैभन्दा बढी प्रदूषित

56
Shares

काठमाडौँ, १६ फागुन । काठमाडौँ उपत्यका लगायत देशका आठ स्थानका वायु सबैभन्दा बढी प्रदूषित भएको छ ।

वातावरण विभागका अनुसार शुक्रवार उपत्यकाका चार सहित देशका आठ  स्थानको वायु अस्वस्थकर पुष्टि भएको हो ।

विभागको रिपार्ट अनुसार उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा र इलामको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११३ देखि १९८ पुगेको छ ।

उपत्यकाको शंखपार्कको एक्यूआई १९०, खुमलटारको १८६, भैँसेपाटीको १९८ र भक्तपुरको १७५ रहेको छ ।

यस्तै काभ्रेको धुलिखेलको १५३, चितवनको भरतपुरको १७६, मकवानपुरको हेटौँडाको ११३ र इलामको १२६ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *