शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भट्टराई अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

156
Shares

काठमाडौँ, १३ फागुन ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनलाई गत शुक्रबार देखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिएको छ ।

सुरुमा ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनलाई नाक कान घाँटी रोग विभागका चिकित्सकले हेरेका थिए । पछि टोलीमा छाती रोग विभागका चिकित्सक समेत सम्लग्न भए ।

‘अहिले नाक कान घाँटी सम्वन्धि समस्या सुधार छ तर छातीको समस्या अझै पूर्ण निको भइसकेको छैन । त्यसैले थप परीक्षण तथा उपचार जारी नै छ ।’  उपचारमा सम्लग्न एक जना चिकित्सकले भने ।

मन्त्री भट्टराईलाई त्रिवि शिक्षण अस्पतालको भिआईपी क्याविन (एनेक्स – २) मा राखेर उपचार भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *