शान्तिनगर गाउँपालिकामा सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ र जंकफुड सेवन गर्न निषेध
दाङ, २१ मंसिर । दाङको शान्तिनगर गाउँपालिकाले पालिका क्षेत्र भित्र सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ र लागू औषध लगायतका नशाजन्य पदार्थको प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । यस्तै पालिका आफ्नो क्षेत्र भित्रका सार्वजनिक स्थानहरूमा जंकफुड सेवनमा समेत रोक लगाएको बताएको छ ।
गाउँपालिकाको १५ औं गाउँसभाले यस्तो निर्णय गरेको अध्यक्ष प्रमोद बस्नेतद्धारा जारी सूचनामा उल्लेख छ ।
सूचनामा पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालयलाई सार्वजनिक स्थल भनेर तोकिएको छ ।
संघीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानून बनाएर पनि राम्ररी कार्यान्वयन गर्न सकिरहेको छैन् । तर कतिपय स्थानीय तहले आफ्नो क्षेत्र भित्र नियन्त्रणको प्रयास गरिरहेका छन् । पछिल्लो पटक शान्ति नगर गाउँपालिकाले सो प्रयास गरेको हो ।
सम्पर्क इमेल : [email protected]