तलबभत्ता नपाएपछि प्रादेशिक अस्पतालका तीनजना डाक्टरले दिए राजीनामा

140
Shares

महोत्तरी, ९ मंसिर । तलबभत्ता नपाएपछि जलेश्वर प्रादेशिक अस्पतालका तीनजना डाक्टरले सामुहिक राजीनामा दिएका छन् ।

तीनजना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ ।

तलबभत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा. सरोज भगतले बताए। अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन्। विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए।

उनले अस्पताल व्यस्थापन समिति, मधेश सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए। साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *