यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट दुई जनाको उम्मेद्धारी

4
Share

काठमाडौँ, २ मंसिर । आगामी १६ मंसिरमा हुन लागेको स्थानीय तहको उप निर्वाचनमा कीर्तिपुर नगरपालिकाका रिक्त पदमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका दुई जना व्यक्तिले उम्मेद्धारी दिएका छन् ।

त्यहाँ रिक्त रहेको नगर प्रमुख पदका लागि तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) को उम्मेद्धारी परेको छ । यस्तै वडा नम्बर ४ को वडा अध्यक्षका लागि राजीव महर्जन (मौनी) ले उम्मेद्धारी दिएका हुन् ।

उनीहरुले स्वतन्त्र उम्मेद्धारी दिएका भने होइन । उम्मेद्धारीका लागि उनी दुबै जनालाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले टिकट दिएको हो ।

आइतवार दिउसो कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि उनीहरुले शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी दिने घोषणा गरेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *